प्याजको मूल्य घट्यो, महँगोमा बिक्री गर्न राखिएको ४२ बोरा प्याज जफत

काठमाडौं, १ असोज । बजार अनुगमन सुरू भएसँगै प्याजको मूल्य घटेको छ । बुधबार एकैदिन प्रतिकेजी ४४ रुपैया बढेर १२० रुपैयाँ पुगेको प्याज विहिबार ११० रुपैयाँमा झरेको छ ।

प्याजमा कालोबजारी हुनथालेपछि काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनलाई तीव्रता दिएको छ ।

अनुगमनको क्रममा काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले तीनकुनेस्थित हरितगृह तरकारी बजारमा गरिएको अनुगमनमा ४२ बोरा प्याज जफत गरेको छ ।

तरकारी व्यापारी विशेष गोैतमको पसलबाट २९ र उन्नत शब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरिएको हो । यसैगरी दुलाल आलु प्याजका सञ्चालकलाई पनि महँगोमा प्याज बिक्री गरेको पाइएपछि कारोबार रोक्का गरिएको छ ।

जफत गरिएको प्याज बानेश्वर प्रहरी वृत्तमा जिम्मा लगाइएको हो । बुधबार काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा बल्खु तरकारी बजारभित्रका २ पसल चुली सगरमाथा इन्टरप्राईजेज र एसके सप्लायर्सले प्याजमा दोब्बर मूल्य असुलेको भेटिएपछि त्यसका संचालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले हिरासतमा लिएको थियो।

प्याजको निकासीमा भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा कालो बजारी सुरु भएको छ । भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा परेको छ ।

प्याजको मूल्य एकैदिन किलोमा ४४ रुपैयाँ बढ्यो, कालोबजारी गर्ने चार व्यापारी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here