सेयर बजारमा उत्साहजनक वृद्धि, होटलको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौ, १ असोज । सातको अन्तिम दिन विहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि भएको छ ।

बुधबार ५.३६ अंकले बढेर बजार बन्द भएको नेप्से परिसूचक बिहिबार ३०.७८ अंकले बढेर १५७२.१८ विन्दुमा कायम भएको छ । यसदिन १९१ कम्पनीको १ करोड ३२ लाख १६ हजार २ सय ३४ कित्ता सेयर किनबेच भएको छ ।

३ अर्ब ७२ करोड ६८ लाख ८५ हजार ५ सय १९ ३८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक उकालो लागेको छ भने १ समूहको परिसूचक ओरालो लागेका छन् ।

नेप्सेमा नन लाइफ इन्स्योरेन्सबाहेक अन्य सबै सूचकहरुमा वृद्धि भएको छ । लोमो समयपछि होटलहरुसमेत पूर्णरुपमा खुलेपछि होटल समूहको सेयरमा ठुलो उत्साह देखिएको छ । आजको कारोबारमा होटल समूहरुको १६१.५१ विन्दुको बढोत्तरी भएको छ ।

सोल्टी होटल, तारागाउँ रिसोर्ट, ओरेन्टल होटलको मूल्य यस दिन १० प्रतिशतले बढेको छ। निषेधाज्ञाका बीचमा कतिपय होटलको मूल्य घटेको अवस्था रहेको र क्रमिक रुपमा पर्यटन क्षेत्रमा सुधार हुने अनुमानका बीचमा लगानीकर्ता होटल क्षेत्रमा तानिएका हुन्।

त्यस्तै, हाइड्रोपावर समूहमा पनि ८८.३८ विन्दुको बढोत्तरी आएको छ भने डेभलपमेन्ट बैंकको समुहमा ६६.४ विन्दुको बढोत्तरी आएको छ । माथिल्लो तामाकोसी, कालिका पावर, अरुण भ्याली, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युतको मूल्य १० प्रतिशतले बढेको छ।

त्यसैगरि आजको कारोबारमा लाईफ इन्स्योरेन्स ४९.८८, फाइनान्स ४१.९५, बैंकिङसमुहमा २८.०७ विन्दुमा बढोत्तरी आएको छ । १० प्रतिशत नै मूल्य बढ्नेमा रिलायन्स लाइफ इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, समृद्धि फाइनान्स, लगायत कम्पनी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here