वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौं, १ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रिय सभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीले बताए।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट तीन जना सदस्य मनोनित हुने संवैधानिक व्यवस्था छ। एक जना सदस्यको कोटा ६ महिनादेखि खाली रहेको थियो। त्यही कोटामा राष्ट्रपतिले गौतमलाई मनोनित गरेकी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव राष्ट्रपति कार्यालयमा सिफारिस भएको थियो ।

सचिवालयले आजै गोतमलाई सपथ ग्रहण गराउने तयारी गरेको छ । गौतमलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सपथ ग्रहण गराउनेछन् । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here