यस्ता छन् संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ल्याएको अनलिमिटेड अफर

काठमाडौं, १ असोज । नेपाल टेलिकमले संविधाान दिवस २०७७ को अवसरमा विभिन्न प्याकेज अफरहरु ल्याएको छ।

टेलिकमले अनलिमिटेड युट्युब,अनलिमिटेड फेसबुकर एड–अन प्याक ल्याएको जानकारी दिएको छ।

असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु.५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक रु। ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध हुनेछ ।

यी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिनेछ । नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here