निकासी पैठारी संघलाई राजस्व बोर्डमा राख्न माग

काठमाडौं, १ असोज । नेपाल समुद्रपार निकासी पैठारी संघले आफूलाई राजस्व बोर्डमा राख्न माग गरेको छ ।

संघको एक प्रतिनिधिमण्डलले बिहीबार अर्थ मन्त्रालयका सचिव शिशिरकुमार घिमिरे र राजस्व सचिव रामशरण पुडासैनीलाई उहाँहरुकै कार्यकक्षमा भेटघाट गरी स्थायी राजस्व बोर्डमा संघको सहभागिता गराउन माग गरेको हो ।

संघ आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था रहेको, लामो समयदेखि सरकारका विभिन्न निकायमा संघको सहभागिता रहेको जनाउँदै स्थायी राजस्व बोर्डमा पनि संघलाई सहभागी गराउन माग गरेको उसले एक विज्ञप्तिमा बताएको छ ।

त्यसैगरी, प्रधानमन्त्री तथा राष्ट्रपतिबाट हुने विदेश भ्रमणमा सहभागी हुने व्यापारिक प्रतिनिधिमण्डलमा संघको प्रतिनिधित्व गराउन, आयातमा प्रतिबन्ध लागेका कारण मदिराको चोरी पैठारी बढेको लगायत डिएपीबाट हुने आयातमा तोकिएको रकमको सीमाले उधारोमा सामान आयात गर्न पाउने सुविधाबाट स्वदेशी व्यवसायी वञ्चित भएको विषयमा प्रतिनिधिमण्डलले सचिवद्वयको ध्यानाकर्षण गराएको छ ।

जवाफमा दुवै सचिवले संघका जायज मागहरुलाई सम्बोधन गर्ने वचन दिएको बताइएको छ ।

संघका अध्यक्ष सुनिलकुमार वंशलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा उपाध्यक्ष विनोदकुमार सेठिया र शिवकुमार अग्रवाल, महासचिव मदन मित्तल, सचिव अनिलकुमार अग्रवाल र कार्यसमिति सदस्य गौरव शारडा सहभागी थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here