को-को परे यूईएफए च्याम्पियन्स लिग पोजिसनल अवार्डमा ? (सूचीसहित)

काठमाडौं, २ असोज । यूईएफए च्याम्पियन्स लिग पोजिसनल अवार्ड २०१९/२० को मनोनयन सूची सार्वजनिक भएको छ ।

च्याम्पियन्स लिगको सिजन २०१९ र २० का गरिएको प्रदर्शनको आधारमा छनोट गर्न भोटिङमा समूह चरणका खेलमा ३२ क्लबका प्रशिक्षक, ५५ पत्रकार र यूईएफका ५५ सदस्य सहभागी थिए ।

उनिहरुको भोटिङको आधरमा छनोट भएका खेलाडीको नाम सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएकोमा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर र फरवार्डकोरहेका छन् ।

विजेताको नाम अक्टोबर १ मा घोषणा गरिनेछ।

गोलरक्षक

केलर नाभास (कोस्टारिका– पेरिस सेन्ट जर्मन)

म्यानुएल नुएर ( जर्मनी– एफसी बार्यन म्युनिख)

जान ओब्लाक (स्लोभानिया– एथ्लेटिको दि मड्रिड)

डिफेन्डर

डेभिड अल्बा (अस्ट्रिया– एफसी बार्यन म्युनिख)

अल्फान्सो डेभिस (क्यानाडा– एफसी वार्यन म्युनिख)

जोसुवा किमिच ( जर्मनी– एफसी वार्यन म्युनिख)

मिडफिल्डर

थियागो अल्कान्टारा (स्पेन– एफसी वार्यन म्युनिख)

केभिन डि ब्रुएन (बेल्जियम– म्यानचेष्टर सिटी)

थोमस मुलर (जर्मनी– एफसी वार्यन म्युनिख)

फरवार्ड

रोबर्टो लेवान्डोस्की (पोल्यान्ड– वार्यन म्युनिख)

केलियन एम्पापे (फ्रान्स– पेरिस सेन्ट जर्मन)

नेयमार (ब्राजिल– पेरिस सेन्ट जर्मन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here