जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ असोज ११ गतेदेखि

काठमाडौं, २ असोज । जनरल इन्स्योरेन्सले कम्पनीले असोज ११ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

जसअनुसार कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । सर्वसाधारण तर्फको ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीका लागि छुट्टयाइएको छ।

त्यस्तै ५ प्रतिशत अर्थात् एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ। कर्मचारी र सामूहिक लगानी कोषलाई दिएर बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारण नागरिकका लागि जारी गरिएको छ।

यस आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा असोज २५ गतेसम्म भर्न सकिने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here