आइपीएलको नियम परिर्वतन, टिमका सबै खेलाडी स्टेडियम जान नपाउने

काठमाडौं, २ असोज । आइपिएलको १३ औं सिजन १९ सेप्टेम्बर(शनिबार) देखि युएईमा सुरु हुँदैछ।

यसपटक कोरोना महामारीका कारण खेल जगत पनि प्रभावित भएकाले नतिजा कस्तो आउँछ भन्नेमा निकै चासो बढेको छ।

यसपटक आइपीएलको इतिहासमा पहिलो पटक नयाँ नियम ल्याईएको छ । परिर्वतन भएको नियम अनुसार टिमका सबै खेलाडी होटलबाट स्टेडियम जाने छैनन्।

सहभागी र छानिएका खेलाडीमात्र स्टेडियम प्रवेश गर्नेछन्। सामाजिक दुरी कायम गर्न भन्दै नयाँ नियम ल्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतीय मिडियाको अनुसार १७ खेलाडी र १२ कोचिङ सपोर्ट स्टाफ स्टेडियम जानेछन्। त्यस्तै २ वेटर र २ लजिस्टिकसँग सम्बन्धित मानिसहरु हुनेछन्।

यी सबै बायोबबलमा रहिरहेका हुनेछन्। हरेक टिममा २० देखि २५ खेलाडीहरु छन्। खेलाडीहरु दुई वटा बसमा स्टेडियममा जानेछन्।

आइपीएलमा अहिलेसम्मका १२ सिजनमध्ये ४ पटक मुम्बई इन्डियन्स र ३ पटक चेन्‍नई सुपर किंग्सले उपाधि जितेका छन्।

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स् पाँचौ उपाधिको खोजीमा मैदान उत्रिँदा सर्वाधिक फाइनल अनुभव बटुलेको चेन्‍नई आफ्नो विरासत कायम राख्ने ध्याउन्नमा हुनेछ।

त्यस्तै आइपिएलमा कोलकाता नाइटराइडर्स २ पटक च्याम्पियन बन्दा सनराइज हैदरावादले पनि समान २ पटक उपाधि उचालेको छ। त्यस्तै राजस्थान रोयल्सको नाममा एक उपाधि रहेको छ।

लिगमा अहिलेसम्म किङ्ग्स इलाभेन पन्जाब सन्‌ २०१४ मा एक पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन। त्यस्तै रोयल च्यालेञ्जर्स बेंगोल (आरसिबी) २००९, २०११ र २०१६ मा फाइनल पुगे पनि उपाधिविहीन नै छ।

त्यस्तै, दिल्ली क्यापिटलले अहिलेसम्म फाइनल अनुभव नै हासिल गरेको छैन्। एक संस्करण पनि फाइनल नपुग्ने दिल्ली एक्लो टिम हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here