थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृत्युदर ०.६३

काठमाडौं, २ असोज । नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको छ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६३ प्रतिशत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here