एनआईसी एशिया बैंकको कर्जाको आवेदन अब खल्तीबाटै

काठमाडौं, २ असोज । एनआईसी एशिया बैंकको सुपर चामत्कारिक कर्जाहरुको आवेदन खल्तीबाटै दिन सकिने भएको छ ।

सुपर चामत्कारिक घर कर्जा, सुपर चामत्कारिक सवारी कर्जा र सुपर चामत्कारिक व्यवसाय कर्जाको आवेदन खल्ती डिजिटल वालेटबाट दिन सकिने भएको हो ।

बैंकको मोबाइल बैंकिङ सुविधा उपभोग गरिरहेका ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा असोज १४ गतेसम्म ५० रुपैयाँ नगद उपहार प्राप्त गर्ने व्यवस्था खल्ती वालेटले गरेको छ ।

खातामा वालेट जोडेपछि वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुने जनाइएको छ ।

सहकार्यअनुसार खल्ती वालेटका प्रयोगकर्ताले वालेटभित्र रहेका एनआइसी एसिया बैंकका सुपर चामत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिनुपर्नेछ ।

यसरी दिएको आवेदन खल्ती डिजिटल वालेटले बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पु¥याई सम्पूर्ण कागजात बुझेको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । आवेदकको कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएस बाट जानकारी गराउने विज्ञप्तिमा उल्लेख छ ।

बैंकले वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त तीनवटा कर्जाहरू ल्याएको छ । उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने सुनिश्चितताका लागि बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र तथा बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको समेत व्यवस्था गर्नेछ ।

साथै एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here