सौर्य एयरले तीनवटा सिआरजे २०० जहाजबाट सेवा सुचारु गर्ने

काठमाडौं, २ असोज । विगत छ वर्षदेखि सञ्चालनमा रहेको सौर्य एयरलाइन्सले बन्दाबन्दीका बेला बन्द भएको सेवा सुरु गर्ने बताएको छ ।

असोजको दोस्रो साताबाट ट्रंक रुटमा पाँच वटा गन्तव्यमा सेवा प्रदान गर्न लागिएको एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जानकारी दिए ।

सौर्य एयरलाइन्सले डेढ बर्ष अघिदेखि भारतको कुवेर समुहलाई नयाँ साझेदार भित्र्याएर कम्पनी सञ्चालन गरिरहेको छ ।

कुवेर समुहका बिकास मालुले भारत र दुवईमा बिभिन्न क्षेत्रमा लगानी गरेका छन् । यो समुहले दश वटा नयाँ जहाज खरिद गरि आक्रामक रुपमा कम्पनीलाई अगाडि लैजाने लक्ष्य लिएर सौर्य एयरलाइन्समा आएको हो ।

सौर्य एयरसँग यसअघि दुईवटा जहाज सञ्चालनमा थिए । क्यानडाको बम्बार्डियर कम्पनीका सिआरजे २०० जेट इन्जिनका जहाज थिए । लकडाउनको अवधिमा एयरलाइन्सले अर्को ५० सिटर त्यस्तै जहाज भित्र्याएको छ ।

‘असोजको दोस्रो साताबाट हामीले सेवा दिन सुरु गर्नेछौं,’ पोख्रेलले भने, ‘केही समय बन्द रहे पनि यात्रु र ट्राभल एजेन्सीको विश्वासका कारण हामी पुनः नयाँ व्यवस्थाका साथ आएका छौं । साथै चाडै नै थप चार वटा एटिआर विमान भित्र्याएर आफनो बजार बिस्तारको लागि अझ आक्रामक रुपमा आउनेछौं ।’

उनका अनुसार अहिले एयरलाइन्सको दैनिक गन्तव्य झापाको चन्द्रगढी एउटा, विराटनगर तिन वटा, भैरहवा दुई वटा, नेपालगञ्ज दुई वटा र धनगढीमा दुई वटा वटा गरि दैनिक १० वटा उडान हुनेछ ।

विश्वलाई नै कोरोनाले आक्रान्त पारेको अवश्थामा एयरलाइन्स ले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न लागेको छ ।

हामीले हाम्रा यात्रुको सेवा तथा स्वास्थ्यलाई पूर्ण प्राथमिकतामा राखेका छौं, पूर्ण रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर यात्रुलाई सेवा दिनेछौं, पोख्रेलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here