आन्तरिक उडान सोमबारदेखि, सिट क्षमता अनुसार नै सञ्‍चालन अनुमति

काठमाडौं, २ असोज । आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ।

सरकारले सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएसँगै सोमबारदेखि नियमित उडान हुने भएको हो ।

उडड्यन मन्त्रीस्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएको स्रोतले जनाएको छ ।

यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायु सेवा सञ्‍चालकहरुले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here