होटल संघ नेपालमा पहिलो पटक महिला नेतृत्व, सिर्जना राणा चयन

काठमाडौं, २७ वैशाख । होटेल संघ नेपाल (हान)ले इतिहासमै पहिलो पटक महिला नेतृत्व पाएको छ । हानको ४६ औं वार्षिक साधारणसभाबाट होटेल अन्नपूर्णकी संचालिका सिर्जना राणालाई नेतृत्व चयन गरेको हो ।

हानमा सर्वसम्मत नेतृत्व चयन हुने प्रावधान छ । हरेक दुई दुई वर्षमा हानको नेतृत्व चयन हुने व्यवस्था छ । यसअघि प्रथम उपाध्यक्ष रहेकी राणाले होटेल व्यवसायको संरक्षण, सम्वद्र्धन र उन्नतीमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

बिहीबार चयन भएको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष एयरपोर्ट होटेलका प्रवन्ध निर्देशक विनायक शाह चुनिएका छन् । यसैगरी द्धितिय उपाध्यक्षमा होटेल सांग्रीलाका प्रवन्ध निर्देशक प्रविणबहादुर पाँडे, महासचिवमा काठमाडौं प्रिन्स होटेलका साजन शाक्य र कोषाध्यक्षमा होटेल बैशालीका विशाल कुमार चुनिएको संघले जानकारी दिएको छ ।

बिहीबार राजधानीमा आयोजित ४६ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । कार्यक्रममा व्यवसायीहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन निजी क्षेत्रको क्षमता र दक्षतालाई अधिकतम उपयोग गर्ने नीति ल्याउन सरकासरसँग आग्रह गरे ।

मापदण्ड विपरित संचालनमा रहेका होमस्टे र मोनास्ट्रीका कारण होटेल व्यवसायको ठूलो लगानी खेर जानेतर्फ सचेत हुनुपर्ने हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यले बताए ।

क्लाउडवेश बुकिङ पोर्टलका माध्यमबाट होटेल बुक गर्दा ठूलो रकम बाहिरिएको भन्दै उनले यसमा पनि सरकार चनाखो हुनुपर्ने उल्लेख गरे ।

हानका अनुसार अहिले देशभर होटेल व्यवसायमा मात्र १० खर्ब हाराहारी लगानी पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here