उपत्यकामा एकै दिन ७ सय ११ कोरोना संक्रमित थपिए

काठमाडौं ३, असोज । गएको २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७ सय ११ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

२४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएका छन् ।

२४ घन्टाको अध्यावधिक विवरणअनुसार शुक्रबार उपत्यकामा ८ सय ५९ कोरोना संक्रमित देखिएका थिए । सोही अवधिमार ११ हजार ४ सय ५८ पीसीआर परीक्षण गरिएकामा काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here