२४ घन्टामा मुलुकभर थप १२ सय ४ मा कोरोना संक्रमण, संक्रमित ६२ हजार ७ सय ९७ पुगे

काठमाडौं ३, असोज । गएको २४ घन्टामा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार प्रवक्ता जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ४ सय ४७ जना घर फर्केका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४५ हजार २ सय ६७ जना पुगेको छ ।

२४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएका छन् । थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ४ हजार ७ सय ६ परीक्षण गरिएका छन् ।

शनिबारसम्म क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या ७ हजार ७ सय ३५ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here