फोर्ड गाडी किन्दा ६ महिनाको ईएमआई होलिडे, नगद छुट, डाउन पेमेण्टमा २० प्रतिशत डिफरल

काठमाडौं ४ असोज । नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जि.ओ. अटोमोबाईल्स प्रा.लि. (जिओ फोर्ड)ले दसैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ ।

फेस्टिभ अफरअन्तर्गत ग्राहकलाई तीन अफर दिइएको छ जसमा नगद छुट, एक आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निःशुल्क बीमा जस्ता सुविधा पाउनेछन् । गाडीको बुकिङ्गमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरु बाहेक ग्राहकले यी योजनाहरु मध्ये एउटा छनौट गर्न सक्दछन् ।

पहिलो योजनामा ग्राहकले बक्सबाट ३ वटा स्क््रयाच कार्ड छनौट गरी रु. ४ लाख ५० हजारसम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क््रयाच कार्डमा ग्यारेण्टी मूल्य रु.२५ हजार रहेको र बढीमा यो रु. १ लाख ५० हजारसम्म हुनेछ । यो अफरअन्र्तगत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज पनि पाउनेछन् ।

त्यसैगरी दोस्रो अफरअन्तर्गत छ महिने इएमआई होलिडेको सुविधा दिइएको छ । यस योजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ ।

यो योजना माछापुच्छ्रे बैँक मार्फत उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरि दिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्दछन् ।

यसका साथै तेस्रो योजनाअन्तर्गत पेमेण्ट डिफरलको सुविधा घोषणा गरिएको छ । यस योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछन् ।

बाँकी २० प्रतिशतको लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ । यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्नेछ । बाँकी रकम तिरी सकेपछि, बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकि ग्राहकले बैंकको किस्ता पहिले व्याहोर्न पर्ने छैन ।

यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध छ ।

सम्बन्धितः

फोर्ड र महिन्द्रावीच ज्वाइन्ट भेञ्चर सम्झौता, निकट भविष्यमा विद्युतीय सवारीमा सहकार्य गर्दै

फोर्डको नयाँ फिगो नेपाली बजारमा, मुल्य २५ लाख

नयाँ एसयूभी ‘पुमा’ ल्याउँदै फोर्ड, इकोस्पोर्ट भन्दा महंगो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here