अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल 

काठमाडौं, २७ वैशाख । मिस नेपाल वल्र्ड २०१९ को उपाधी अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार साँझ राजधानीमा सम्पन्न प्रतियोगितामा २४ प्रतिस्पर्धीबाट उत्कृष्ट हुँदै श्रेष्ठले उपाधी जितेकी हुन् ।

यो पटक मिस नेपाल वल्र्डको २५ औं संस्करण हो । यस पटक फस्ट रनरअप बनेर मिस नेपाल यूनिभर्सको उपाधी प्रदिप्ता अधिकारीले जितिन् ।

यस पटक मिस नेपालको फाइनल कीर्तिपुरस्थित ल्याबोरटरी स्कूलको चौरमा आयोजना भएको थियो । जहाँ सर्वसाधारणले पनि टिकट किनेर फाइनलको प्रत्यक्ष अवलोकन गर्ने मौका पाएका थिए ।

२३ वर्षिय अनुष्का कमर्शको विद्यार्थी हुन् । उनी अहिले कमनवेल्थ बैंक अफ अष्ट्रेलियामा काम गर्छिन् । उनको जन्म स्थान भने काठमाडौं हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here