कोरोना विरुद्धको खोप लगाउने पहिलो नेपाली बने श्रेष्ठ

काठमाडौं, ४ असोज । सल्यान पुर्ख्यौली घर भएको डा. महेश श्रेष्ठ कोरोना भाइरस विरुद्धको खोप लगाउने पहिलो नेपाली बन्न सफल भएका छन् । गैरआवासीय नेपाली संघ रुसका अनुसार उनले मस्कोमा यो खोप लगाउने अवसर पाएका हुन् । रुसमा अहिले कोरोना भाइरसको खोप बनिरहको छ । त्यसको परीक्षणको कामले समेत तिब्रता पाएको छ ।

सोहीक्रममा नेपाली डाक्टर श्रेष्ठले समेत खोप लगाउने अवसर पाएका हुन् । ६१ वर्षिय डाक्टर नेपालीले कोरोनाविरुद्धको खोप लगाएको एनआरएनले जनाएको छ । उनी सोही शहरमा कार्यरत छन् । उनले शनिबार खोप लगाएका हुन् । उनको नाम अनलाइन लक्की ड्रबाट छनोट भएको थियो । खोप लगाउनु अगाडी उनको पूर्ण स्वाथ्य चेकजाँच गरिएको थियो । ३० हजार आवेदकबाट उनी छनोटमा परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here