प्रकाश समीरको दशैं गीत ‘गरिबीको झोला’ सार्वजनिक

काठमाडौं, ४ असोज । नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् ।

गायक प्रकाश समीर र गायीका शान्तिश्री परियारको स्वरमा रहेको दशै गीत ‘गरिबीको झोला’ सार्वजनिक भएको छ ।

परिवार छोडेर विदेशीएका नेपाली दाजुभाइको बास्तबिक पिडाहरुको भाव बोकेको गीतको शब्द स्वयम प्रकाश समिरले लेखेका हुन । एलेन घिमिरेको लय रहेको छ ।

विनोद बाजुरालीले एरेन्ज गरेको गीतको छायांकन करन चैसिरले गरेका हुन । भिडियोमा रञ्जिता गुरुङ् र प्रकाश समीरको अभिनय देख्न सकिन्छ ।

गरिबीको कारण पैसा कमाउने आशामा परदेश गएका नेपालीहरू कोरोनाको कारण तलब नपाएको पिडा देखाउदै गीतमा बाँचे पछी अर्को साल दशै मनाउला भन्ने भाव बोकेको छ ।

‘गरिबीको झोला’ बोलको यस गीततलाई प्रकाश समिर युट्युब च्यानलबाट सार्बजनिक गरीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here