एकताको २८ महिनापछि प्रधानमन्त्री ओली पेरिसडाँडामा

काठमाडौं, ४ भदौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

आइतबार बिहान ११ बजेबाट पेरिसडाँडामा सुरु भएको नेकपा सचिवाल वैठकमा प्रधानमन्त्री ओली सहभागी भएका छन् ।

असोज २ गतेका लागि तोकिएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण आइतवारका लागि सारिएको थियो।

नेकपाभित्रको लामो समयको आन्तरिक विवाद समाधान भएपछि पहिलोपटक पेरिसडाँडास्थित पार्टी कार्यालयमा सचिवालय बैठक बसेको हो।

यसअघि माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा पार्टी एकतापछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड एकैसाथ अध्यक्षता ग्रहण गर्नमात्र पुगेका थिए। एकताको झन्डै २८ महिनापछि पेरिसडाँडामा सचिवालयका नेताहरु छलफलमा जुटेका छन्।

यसअघि बालुवाटार बाहिर सचिवालयका बैठक दुईपटक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो। दुवै बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए।

ओलीले स्थायी कमिटी र सचिवालय बैठक बालुवाटारमै राखेपछि नेकपाका नेताहरु बालुवाटारमा बैठक राख्न नहुने अडानमा थिए।

यसअघि पार्टी उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटी बैठकमा पेश गरेको ६ बुँदे प्रस्तावमा समेत बैठक पार्टी कार्यालयमा बस्नुपर्ने अडान राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here