जीओ फोर्डको ‘फोर्ड फेस्टिभ’ अफर, निःशूल्क बिमा सहित अन्य सुविधा

काठमाडौं, ४ असोज । फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले ‘फोर्ड फेस्टिभ’ अफर ल्याएको छ । जीओले नजिकिँदै गरेका दसैंतिहारलाई लक्ष्य गर्दै यो योजना ल्याएको हो ।

यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकाले धेरै जसो अटोमोबाईल्स ब्राण्डले यसै समयमा विभिन्न योजनाहरु ल्याउने गरेका छन ।

यो वर्ष फोर्ड फेस्टिभ अफर अन्तरगत ग्राहकहरुको सुविधालाई ध्यानमा राखी ग्राहकहरुले उपलब्ध तीन अफरहरु मध्ये एउटा छनोट गर्न सक्दछन । नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निशूल्क बीमा जस्ता नियमित लाभहरु पनि लिन सक्छन् ।

गाडीको बुकिङ्गमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरु बाहेक ग्राहकले यी योजनाहरु मध्ये एउटा छनौट गर्न सक्दछन् ।

स्क्रयाच कार्ड

यस योजनामा ग्राहकले बक्सबाट ३ वटा स्क्रयाच कार्ड छनौट गरी चारलाख ५० हजारसम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क्रयाज कार्डमा ग्यारेण्टी मूल्य २५ हजार रहेको र बढीमा यो एकलाख ५० हजारसम्म हुनेछ ।

यो अफर अन्तरगत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्दछन ।

६ महिने इएमआई होलिडे

यस योजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ ।

यो योजना माछापुच्छ्रे बैँक मार्फत उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरि दिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्दछन् ।

स्थगित भुक्तानी (डिफरड पेमेन्ट)

यस योजना अन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २० प्रतिशतको लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ ।

यी ४ महिनामा ग्राहकले २० प्रतिशत लाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्नेछ । बाँकी रकम तिरी सकेपछि , बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकि ग्राहकले बैंकको किस्ता पहिले व्याहोर्न पर्ने छैन ।

यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here