बजाजको चाडपर्वलक्षित अफर: नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्म

काठमाडौं, ४ असोज । बजाजले नगद छुटदेखि शून्य प्रतिशत ब्याजदरसम्मको अफर सार्वजनिक गरेको छ।

बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको हो।

‘रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने हो’ ट्यागलाइनसहित कम्पनीले यी विभिन्न स्किम ग्राहकलाई अफर गरेको छ।

बजाजले दशैं तिहार लक्षित योजनामा हरेक मोटरसाइकलको खरिदमा नगद १० हजार रुपैयाँ छुट घोषणा गरेको छ।

दोस्रो योजना ५० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा बाँकी रकम मासिक किस्तामा बुझाउन पाउनेछन्।

त्यस्तै बजाजले डाउनपेमेन्ट गर्न धेरै नगद नहुने ग्राहकलाई लक्षित गर्दै २० प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here