झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ७४ करोडको कारोबार

काठमाडौं, ४ असोज । सातको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक आइतबार ३ अंकले बढेर १५७५.१८ विन्दुमा कायम भएको छ । यसदिन १८८ कम्पनीको ९२ लाख २३ हजार ७ सय १२ कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब ७४ करोड २७ लाख ९५ हजार ६ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये ३ समूहको परिसूचक उकालो लागेको छ भने ९ समूहको परिसूचक ओरालो लागेका छन् ।

आज फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २८.६६ अंकले बढेको छ भने होटल समूहको परिसूचक ९६.६५ अंकले घटेको छ ।

आज लगानीकर्ताको रोजाइमा रिलायन्स लाइफ इन्स्योरेन्सको कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै १९ करोड ४७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल पुनर्बीमा र नेपाल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here