सिभिल बैंकलाई नेप्सेको ताकेता

काठमाडौं, ४ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँगै जवाफ मागेको छ ।

आइतबार सिभिल बैंकको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएपछि सर्किट ब्रेक लागेको छ भने नेपाल स्टक एक्स्चेञ्जले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको छ

सोमवार कारोबार खुल्नु अघिनै प्राप्त हुने गरी जवाफ पठाईसक्न नेप्सेले बैंकलाई निर्देशन दिएको छ ।

धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम यदि सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्ने कुनै घटना वा कारोबार भएमा त्यसको जानकारी तुरुन्त नेप्सेलाई गराउनुपर्नेछ ।

दुई बैंकबीच मर्जको हल्लाले बजारमा आइतबार सिभिल बैंकको सेयर प्रतिकित्ता १५ रुपैयाँले बढेको छ । गत बिहीबार १५० रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर आइतबार १६५ पुगेर सर्किट ब्रेक लागेको हो । यस विषयमा नेप्सेले सिभिल बैंकसँग २० घण्टे स्पष्टीकरण सोधेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here