जगदम्बा-श्री शान्ति ठटाल र मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई

काठमाडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ।

मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा-श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो।

बानियाँको उपन्यासलाई सिखा पब्लिकेसनले बजारमा ल्याएको हो ।

‘मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को जगदम्बा–श्री पुरस्कार शान्ति ठटालज्यूलाई तथा मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँज्यूलाई अर्पण गर्ने निर्णय गरेको छ’, मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन् ।

गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार गत वर्ष प्रकाशितमध्ये १५१ पुस्तकहरू गुठीलाई प्राप्त भएका थिए । त्यसमध्येबाट विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा मदन पुरस्कार–२०७६ का निम्ति छनोट भएका थिए ।

वि. सं. २०१२ सालयता हरेक वर्ष प्रदान हुने मदन पुरस्कार यस वर्ष महारानीले पाएको हो । पुरस्कारको राशी चार/चार लाख रूपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here