दशैंको लागि नयाँ नोट बजारमा पठाउने/नपठाउने राष्ट्र बैंक नै अन्योलमा

काठमाडौं,५ असोज । हिन्दुहरुको महानचाड दशैंको विषेशता राम्रो लगाउने र मिठो खान, ठूलाबडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोट प्रमुख हुन्छ ।

राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो । तर यसपटक दशैंमा नयाँ नोट बजारमा पठाउने/नपठाउने विषयमा राष्ट्र बैंक नै अन्योलमा परेको छ ।

कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको हुँदा अघिल्ला वर्षहरुमा झैं राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट निष्काशन गर्ने नगर्नेमा अन्योल देखिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले बताए ।

यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो ।

तर यसपाली भने बढ्दो कोरोना भाइसरको संक्रमणका कारण भिडभाड हुने जस्ता कुनै पनि कार्य नगर्ने सरकारको निर्देशन छ । सो निर्देशनलाई पालना गर्दै दशै लक्षित नयाँ नोट वितरण हुने नहुनेमा अन्योल नै रहेको जनाइएको छ ।

नयाँ नोट बजारमा पठाउँनासाथ नागरिक लाइन लाग्ने सम्भावना रहेकाले नोट पठाउनु पनि जोखिम नै रहेको बैंकले निष्कर्ष निकालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here