सुन,चाँदीको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं, ५ असोज । नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ । अघिल्ले दिनको तुलनामा सोमबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९७ हजार २ सय कायम भएको छ ।

तेजाबी सुन पनि तोलाको दुई सय रुपैयाँ महँगिएर ९६ हजार ७ सय पुगेको छ ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार ३ सय २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here