घट्यो सेयर बजार, २ अर्ब ६३ करोडको कारोबार

काठमाडौं, ५ असोज । सातको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ ।

सोमबार नेप्से ६.१२ अंकले घटेर १५६९.६ विन्दुमा कायम भएको छ ।

यसदिन १९५ कम्पनीका ८५ लाख ६५ हजार ७८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २ सय १६ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १ समूहको परिसूचक उकालो लागेको छ भने ११ समूहको परिसूचक ओरालो लागेका छन् ।

सेयर बजार घटेको दिन आज उत्पादनमूलक समूहमा मात्रै हरियाली छायो भने बाँकी सबै समूह राताम्मे भए ।

आज नेपाल बैंक लिमिटेड शेयर सबैभन्दा बढी किनबेच भयो । नेपाल बैंकका २१ करोड ३८ लाख ८४ हजार ४ सय ५८ रुपियाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज नेप्सेमा युनाइटेड इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस्तै लिबर्टी इनर्जी, रैराङ हाइड्रोपावर र घलेम्दी हाइड्रपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । नेप्सेमा गत साता सूचीकृत भएर हिजो आइतबारबाट बजारमा कारोबार सुरु भएको लिबर्टी इनर्जीको सेयर मूल्यमा आज लगातार दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको हो ।

नेसनल हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, सिन्धु विकास बैंक र नाडेप लघुवित्तका लगानीकर्ता सोमबार सर्वाधिक कमाउनेको सूचीमा अगाडि देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here