थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, १००५ जना डिस्चार्ज

काठमाडौं, ५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १ हजार ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४७ हजार २ सय ३८ जना उपचारपछि निको भएका छन्।

हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। देशभर ८६९० जना होम आइसोलेसनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here