३० लाख कित्ता आइपीओ निष्काशनको लागि सानिमा जनरल इन्स्योरेन्सले पायो अनुमति

काठमाडौं, ५ असोज । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

सानिमाले अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ विक्रीका लागि सोमबार बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले आइपीओ निष्कासनका लागि गत असार १४ गते बोर्डमा निवेदन दिएको थियो। यससँगै कम्पनीले केही दिनमै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।

७० प्रतिशत संस्थापक सेयर रहेको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई विक्री गर्न लागेको हो। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ भने आइपीओ निष्काशन पछि १ अर्ब रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here