रेनोको नयाँ क्वीड नेपालमा सार्वजनिक, मूल्य २५ लाखबाट शुरु

काठमाडौं, ५ असोज । रेनोले सोमबार नयाँ क्वीड गाडी रु २४ लाख ९९ हजारको शुरुवाती मुल्यमा सार्वजनिक गरेको छ ।

नयाँ क्वीड डिजाइन, नवीनता र आधुनिकताको हिसाबले सफल उत्पादन भएको उसको दाबी छ ।

नयाँ क्वीड बोल्ड, अधिक स्टाइलिश भएको र धेरै लोडेड फस्ट—इन—क्लास सुविधाहरूको साथमा आउने बताइएको छ ।

यो एसयूभीमा ठूला आर १४ भोलक्यानो ग्रे मस्कुलर मल्टि स्पोक चक्का, एसयूभी स्किड प्लेटहरू र १८४ एमएम हाई ग्राउन्ड क्लियरेन्स विशेषताहरू छन् ।

यसमा नयाँ स्पोर्टी स्टीयरिंग ह्वील र स्पोर्टी ओरेन्ज ह्वाइट अपहोल्स्ट्री रहेका छन् । साथै फस्ट—इन—क्लास एलईडी डिजिटल उपकरण क्लस्टर, एउटा फ्लोर कन्सोल माउन्ट गरिएको एएमटी डायल र २०.३२ सीएम टचस्क्रीन मिडियान्याभ इभोल्युसन यसका अन्य विशेषता हुन् ।

यो १ लिटर एससीई (स्मार्ट कन्ट्रोल इफिसेन्सी) पावरट्रेन म्यान्युअल र स्वचालित प्रसारण विकल्पहरूमा उपलब्ध छ ।

नयाँ क्वीड गाडी सोमबारदेखि नै रेनोकोे सबै डीलरशिपमा उपलब्ध छ ।

नेपालमा नयाँ क्वीड भित्र्याउन पाउँदा धेरै उत्साहित छौं । हालको अवस्थालाई ध्यानमा राख्दै हामी डिजिटल प्लेटफार्मको प्रयोग गरेर गाडी लन्च गर्दैछौं, रेनोको बिक्रेता एडभान्स अटोमोबाइल प्रा.लि.का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने ।

सम्बन्धितः

नेपाली बजारमा भित्रियो रेनो ट्राइबर, के-के छ विशेषता ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here