सहकारीले कर्जामा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने, ब्याजअन्तर ६ प्रतिशत

काठमाडौं ५, असोज । सहकारी संघसंस्थाले कर्जा प्रवाह गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सोमबार उक्त निर्णय गरेको हो ।

यसअघि यस्तो सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो । सो व्यवस्था परिमार्जन गरी नयाँ सन्दर्भ दर तोकिएको हो । २०७७ कात्तिक १५ देखि लागु हुने सहकारी विभागले जनाएको छ ।

अब सहकारी संस्थाले बचतमा अधिकतम ८.७५ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् । कर्जा र बचतको ब्याजअन्तर ६ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्थाको कारण सहकारीले बचतमा पनि धेरै ब्याज दिन नपाएका हुन ।

सहकारी विभागको रजिष्ट्रारको संयोजकत्वमा सन्दर्भ ब्याजदर निर्धारण समिति गठन गरिएको छ । सोही समितिले पहिलो पटक सन्दर्भ ब्याजदर परिमार्जन गरेको हो ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई अधिकतम ब्याजदर सीमा १५ प्रतिशत कायम गरेपछि सहकारीमा सो भन्दा कम ब्याजदर कायम गर्ने दबाब थियो । सोहीकारण समितिले सन्दर्भदर परिमार्जन गरेको हो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here