काठमाडौं, ६ असोज । बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावले देशभरको मौसम बदली भैरहेको छ ।
मौसम प्रभावको कारण आगामी तनिदिन केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले उत्तरपूर्वको बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ भने पश्चिम–उत्तरपश्चिममा सरिरहेको छ।
मंगबार दिउँसो देशभर नै सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन्।
प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।
राति पनि देशभरको मौसम सामान्यतया बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हालको मौसमको अवस्था
हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेश मा पूर्ण बदली र देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहेको छ।अहिले बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज ५ गते (सोमबार)
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।
असोज ६ गते (मंगलबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षा र प्रदेश नं १ का १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।
असोज ७ गते (बुधबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका १/२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी
प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।