सुनको भाउ एकैदिन तोलामा १७ सय घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ६ असोज । सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य १ हजार ७ सय रुपैयाँले ओरालो लागेको हो।

चाँदीको भाउमा पनि तोलामा ९० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुनको मूल्य बढेर ९७ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

चाँदीको मूल्य भने प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा झरेको छ । सोमबार १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here