थोकको तुलनामा खुद्रा बजारमा तरकारीको भाउ दोब्बर महंगो

काठमाडौं, ६ असोज । भान्सामा प्रयोग हुने अत्यावश्यक सामान तरकारीको भाउ थोकको तुलनामा खुद्रा बजारमा तुलनामा दोब्बर वृद्धि भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसारको थोक मुल्य र खुद्रा बजारमा पाईने तरकारीको अन्तर दोब्बर पर्ने गरेको छ ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको व्यापारीको दाबी छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ९० रुपैयाँमा किनबेच भइरहेको गोलभेडा बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी १५० देखि ६० रुपैयाँ सम्ममा कारोबार भै रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार रातो आलुको थोक मूल्य प्रतिकेजी ९५ रुपैयाँ र मुडेको आलु प्रतिकेजी ८२ रुपैया रहेको छ । खुद्रा बजारमा भने प्रतिकेजी १२० देखि ४० सम्मका बिक्री भै रहेको छ । अन्य तरकारीको भाउ पनि थोकको भन्दा दोब्बर महंगोमा नै बिक्री भैरहेको छ ।

समग्रमा हेर्दा अन्य तरकारीको मूल्य बढेको छ। मुख्यतः अहिले फलफूल तथा तरकारीको मूल्यवृद्धि हुनुमा मौसमनै कारक रहेको सरोकारवालाहरु बताउँछन् ।

तर बेलाबेलामा बढ्ने तरकारीको मूल्यले भने हरेक नेपालीको भान्साको मूल्य बढाइदिन्छ । तरकारीको मूल्य बढ्नुको प्रमुख कारण भनेकै आपूर्ति कम हुनु हो । जब तरकारीको आपूर्ति बढ्दै जान्छ, स्वतः तरकारीको मूल्य घट्दै जान्छ ।

नेपालमा तरकारी तथा फलफूल कम उत्पादन हुने भएकाले तरकारी छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here