अक्टोवरको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, दोहा, कुवेत र रियादमा पनि नियमित उडान

फाइलफोटो

काठमाडौं, ६ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर १ गतेदेखि २४ सम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ।

सार्वजनिक तालिका अनुसार कोभिड–१९ को माहामारी फैलिन नदिन अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नियमित उडान रोकिएको दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने भएको छ ।

सरकारले अन्य मुलुकमा नियमित उडान खुल्ला गरेपनि नेपालीहरुको रोजगारको गन्तब्य खाडी मुलुक दोहा, कुवेत र रियादको लागि नियमित उडान सुचारु गरेको थिएन् ।

पीसीआर जाँच सहज नभएको भन्दै यसअघि चार्टर्ड उडान मात्र भएका तीन गन्तब्यमा अब नियमित उडान नै हुने जानाकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिएको हो ।

१ अक्टोवर (१५ असोज) बाट लागू हुने गरी तय भएको तालिका अनुसार २५ दिनका लागि सातामा कुल औसत १ सय ९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ ।

थप भएको उडान तालीका अनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारो र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडानको अनुमति पाएका छन् ।

कुवेतका लागि जजिरा एयरवेजले अनुमति पाएको छ । रियादबाट भने हिमालय एयरलाइन्सले नियमित उडान पाएको छ ।

अहिले भइरहेका गन्तब्यमा नियमित उडान जारी रहनेछ ।

यस्तो छ उडान तालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here