दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ८१ करोडको कारोबार

काठमाडौं, ६ असोज । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से २२.९१ अंकले घटेर १५४६. १५ विन्दुमा कायम भएको हो ।

यसदिन १९९ कम्पनीको ७८ लाख ५० हजार ६५ कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब ८१ करोड ४२ लाख ५ हजार २ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्यसबै समूहको परिसूचक ओरालो लागेका छन् ।

आज व्यापार समूहको परिसूचक ७.११ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ११२.६६अंकले घटेको छ ।

आज कारोबारमा आएका १९९ कम्पनीमध्ये जम्मा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको मूल्यमा गिरावट आएको छ । अन्य कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ताको रोजाइमा शिखर इन्स्योरेन्सपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here