कोभिड-आँखा सम्बन्धबारे डा. रुइतको अनुसन्धान कार्यलाई ज्योतिको आर्थिक सहयोग

काठमाडौं, ६ असोज । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई कोरोना र आँखाबीचको सम्बन्धसम्बन्धी अनुसन्धानका लागि आर्थिक सहयोग गरेको छ ।

तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘डिटेक्सन अफ सार्स-कोभ-२ इन्फेक्सन अन कन्जक्टिभा स्वा एमोङ कोभिड-१९ केसेस इन नेपाल’ का लागि ज्योतिले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत २ लाख रुपैयाँबराबरको आर्थिक सहयोग गरेको हो ।

सहकार्यसम्बन्धी सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र तिलगंगा आँखा प्रतिष्ठानका अनुसन्धान विभाग निर्देशक डा. सुमन थापाले हस्ताक्षर गरे ।

प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले डा. रुइतको संयोजकत्वमा गरिरहेको उक्त अनुसन्धानमा कोरोना भाइरस र आँखाबीचको सम्बन्धको अध्ययन भइरहेको छ ।

अनुसन्धानले नेपाली कोरोना संक्रमितहरुको आँखामा कोरोना भाइरसको असर र आँखाबाट भाइरस संक्रमणसम्बन्धी अध्ययन गरिरहेको हो । नेपालमा यस किसिमको अनुसन्धान पहिलोपटक भइरहेको हो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु. ३१ अर्व लगानी गर्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here