सुनको भाउ तोलामा १२ सय घट्यो, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं, ७ असोज । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । मूल्य घटेको छ ।

मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा ९५ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य बुधवार तोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

तेजावी सुन तोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ । महासंघका अनुसार बुधबार ४० रुपैयाँ प्रतितोलाका दरले चाँदीको मूल्यमा गिरावट आउँदै ११ सय ९० रुपैयाँ प्रतितोला कामय भएको छ ।

यसअघि चाँदीको मूल्य मंगलबार प्रतितोला १२ सय ३० रुपैयाँ र सोमबार प्रतितोला १३ सय २० रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here