युनाइटेड इदी–मार्दीको आईपीओ खुल्यो, १० हजार कित्तासम्म भर्न पाइने

काठमाडौं, ७ असोज । युनाइटेड इदी-मर्दी एण्ड आरबी हाइड्रोपावरले आजदेखि प्राथमिक साधरणसेयर (आइपीओ) विक्री खुला गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।

यसअघि कम्पनीले चैत १० गतेदेखि आइपीओ निष्काशनको तयारी गरे पनि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सो स्थगित भएको थियो।

कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबरको १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । सो मध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता जारी गरेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता आइपीओ जारी गर्ने छ ।

कम्पनीले निष्काशन गरेको आइपीओमा छिटोमा असोज ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभए ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन पाइने छ। कम्पनीको आइपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

युनाइटेडको आइपीओमा एनएमबि बैंक, गण्डकी विकास बैंक र कैलाश विकाश बैंकको पोखरास्थित हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, पोखरा फाइनान्सको माछापुच्छ्रे् गाउँपालिका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here