नेप्से परिसूचक ९.३७ अंकले बढ्यो, १ अर्ब ७२ करोडको कारोबार

काठमाडौं, ४ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक बुधबार ९.३७ अंकले बढेर १५५५.५२ विन्दुमा कायम भएको छ । यसदिन १९४ कम्पनीको ५८ लाख ६२ हजार ६ सय १७ कित्ता सेयर किनबेच भएको छ ।

१ अर्ब ७२ करोड ७८ लाख २१ हजार ७ सय ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक उकालो लागेको छ भने १ समूहको परिसूचक ओरालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here