काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ७ असोज । काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसअनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकामा कोराना संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ। काठमाडौंमा १५ हजार १५७ ललितपुरमा १ हजार ७३३ र भक्तपुरमा १ हजार ८५ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here