सुन-चाँदीको भाउ निरन्तर ओरालो लाग्दै, तीन दिनमै तोलाको ४१ सय घट्यो

काठमाडौं, ८ असोज । नेपाली बजारमा सुन चाँदीको भाउ निरन्तर ओरालो लागेको छ ।

पछिल्लो तीनदिनमा सुनको भाउ ४ हजार १ रुपैयाँले घटेको छ । मंगलबार तोलाको १७ सय, बुधबार १२ सय र बिहीबार पनि १२ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ ।

चाँदीको भाउले पनि ओरालो लाग्ने क्रमलाई निरन्तरता दिइको छ । विहिबार पनि तोलामै ७० रुपैयाँको गिरावट आउँदै तोलाको १ हजार १सय २० रुपैयाँ कायम भएको छ।

बुधबार पनि तोलामा ४० रुपैयाँ घटेको चाँदीको भाउ गत मंगलबार ९० रुपैयाँले घटेको थियो।

मंगलबारयता मात्रै चाँदीको भाउ तोलामै २ सय रुपैयाँले घटिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here