बिदामा रहेका नेपाली ओमान फर्कन पूर्व अनुमति लिन नपर्ने, एनओसी अनिवार्य

काठमाडौं, ८ असोज । बिदामा रहेका नेपालीहरु ओमान फर्कन चाहेमा परराष्ट्र मन्त्रालयबाट अनुमति लिन नपर्ने भएको छ ।

कम्पनीले नै बिदामा रहेका आफ्नो श्रमिकको स्वदेश फिर्तीका लागि आरओपीमार्फत जारी गर्ने भएकाले मन्त्रालयबाट अनुमति लिन नपर्ने दुतावासले जनाएको छ ।

ओमानको कोरोना सम्बन्धी सर्वोच्च समितिले गरेको निर्णय अनुसार यस अघि बिदामा रहेका र ओमान फर्कन चाहने नेपालीले पूर्व अनुमति लिन नपर्ने भएको हो ।

तर ६ महिना (१८०) दिनभन्दा बढी अबधि ओमान बाहिर रहेकाको हकमा भने ओमानको आरओपीबाट जारी हुने नो अब्जेक्शन सर्टिफिकेट लिएर मात्र जानुपर्छ ।

यो नियम आउँदो अक्टोबर १ देखि लागू हुनेछ । यसबाट ओमान फर्किने नेपालीले केही सुविधा अनुभूत गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here