तीन महिनामा बाढी, पहिरो र चट्याङले लियो ३४२ जनाको ज्यान,२९९ जना घाइते

फाइलफोटो

काठमाडौं, ८ असोज । मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङमा परेर (जेठ ३० गतेदेखि असोज ६ गतेसम्म) ३ सय ४२ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा १ सय जना हराईरहेका छन् । २९९ जना घाइते भएका छन् ।

पहिरोबाट सवैभन्दा धेरै २ सय ७१ जनाको मृत्यु भएको छ। यस समयमा सिन्धुपाल्चोक जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ।

विभिन्न स्थानमा पहिरोमा परी ६५ जना बेपत्ता छन्। उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायत खोजी कार्य गरिरहेका छन् ।

पहिरोमै परी २०५ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

मनसुन शुरु भएपछि बाढिबाट ३३ जनाको मृत्यु, ३५ जना बेपत्ता र ९ जना घाइते भएका छन् । त्यस्तै चट्याङबाट ३५ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

बैशाखयता बाढी, पहिरो र चट्याङमा परी ३७७ जनाको मृत्यु

बैशाखयता पहिरो, बाढी र चट्याङका घटनामा परी ३७७ जनाले ज्यान गुमाएका छन् ।

जसमा १०१ जना हराईरहेका छन् भने ४२१ जना घाइते भएका छन्। तथ्याङ अनसार पहिरोका घटनामा परी २७१ जनाको मृत्यु, ६५ जना वेपत्ता भएका छन् । २०६ जना घाइते भएका छन्।

सोही अवधिमा बाढीका घटनामा परी ३९ जनाको मृत्यु, ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन्।

यो अवधिमा चट्याङ् लागेर ६५ जनाको मृत्यु भएको छ भने २०४ जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here