भारतद्धारा आवास तथा विद्यालय पुनर्निर्माणका लागि डेढ अर्ब सहयोग

काठमाडौं, ८ असोज । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि डेढ अर्ब सहयोग गरेको छ ।

भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धताअनुरुप ९६ करोड भारतीय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

भारतीय दूतावास नियोग उप-प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालाई एक अर्ब ५४ करोडको चेक हस्तान्तरण गरिन् ।

भारत सरकारले आवास परियोजनाअन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको दूतावासले जनाएको छ ।

भारतले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धतामध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्‍न भइसकेको जनाइएको छ ।

यस्तै भारतले ५० मिलियन अमेरिकी डलर अनुदान सहायताअन्तर्गत ७० विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोगको प्रतिबद्धता जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here