निक्षेप उपकरण मार्फत ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं, ८ असोज । बैंकिङ प्रणालीमा २ खर्बभन्दा बढी तरलता भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप उपकरण मार्फत बजारबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।

राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन कायम गर्न निक्षेप उपकरण मार्फत ३० अर्ब उठाउन लागेको हो । राष्ट्र बैंकले २८ दिन अवधिका लागि उक्त निक्षेप खिच्न लागेको हो ।

उक्त निक्षेप दिन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले असोज ८ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन्।

यसको साँवा तथा ब्याज भुक्तानी कात्तिक ६ गते हुनेछ । बोलकबोलमा निक्षेप बापत जम्मा गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको हकमा ४ अंकसम्म उल्लेख गर्नुपर्नेछ ।

बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ । रकम बाँडफाँट गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकम भन्दा बढी भएमा प्रो रेट वेसिसमा बाँडफाँट गरिनेछ । खुला बजार कारोबार सञ्चालन समितिले कट अफ रेट निर्धारण गर्न सक्नेछ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्न विभिन्न उपकरणहरु प्रयोग गर्ने गर्छ। राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here