छ एआई क्यामेरासहित ओपो एफ१७ प्रो आइतबार नेपालमा सार्वजनिक हुने

काठमाडौं, ८ असोज । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो असोज ११ गते आइतबार सामाजिक सञ्जाल (फेसबुक र यूट्यूब) मार्फत नेपालमा सार्वजनिक गर्ने भएके छ ।

सामाजिक सञ्जालबाट लाइभ गरिने सो कार्यक्रममा ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिती रहने कम्पनीले बताएको छ ।

एफ सिरिजको यो नयाँ संस्करण एफ१७ प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३०वाट फ्ल्याश चार्ज ४.०का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्ले र नवप्रबर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सका साथमा आउने छ ।

नयाँ फोनमा ६ ओटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरिय बनाउने तथा यसको एआई पावर्ड प्रोफेशनल शट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेशनेवल प्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजता पनि दिने कम्पनीले बताएको छ ।

ओपो एफ१७ प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ । फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्लेका साथमा आउने यो फोनको मोटाई जम्मा ७.४८ ग्राम सहितको ओपो एफ१७ प्रोको वजन १६४ ग्राम रहेको छ ।
२२० डिग्री राउण्डेड एड्ज सहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ ।

फोनको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ ईञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्च होल्स रहेको यो फोनमा ९०.७% स्क्रिन टू बडी रेसियो छ ।

यसमा रहेको ४००० एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४% चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घण्टा सम्मको टक टाइमपनि उपलब्ध गराउँछ ।

सम्बन्धितः

ओपोएफ १५ का तीन उत्कृष्ट फिचर्स, जसले फोनलाई अन्य भन्दा पृथक बनायो

ओपोद्धारा नेपालमा ए सिरिज अन्तर्गत ए३१ सार्वजनिक, मूल्य कति ?

ओपोले ल्यायो नयाँ स्मार्टफोन ‘ओपो ए५२’, यस्ता छन् विशेषता

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here