सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब २३ करोडको कारोबार

काठमाडौं, ८ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ ।

साताको कारोबार हुने अन्तिम दिन विहिबार नेप्से परिसूचक ५.७४ अंकले बढेर १५६१.२७ विन्दुमा कायम भएको छ ।

यसदिन १९३ कम्पनीको ८९ लाख ७१ हजार ३ सय ३ कित्ता सेयर किनबेच भएको छ ।

२ अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ६ समूहको परिसूचक उकालो लागेको छ भने ६ समूहको परिसूचक ओरालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here