थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १८ हजार ४३७

काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ४५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here